कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

सोमबार, वैशाख ३१, २०८१

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत प्राप्त गरेका छन् ‌ ।  आइतबार कोसी प्रदेशसभामा कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री बनेको दाबी गरे ।  मत विभाजनमा कार्कीले राखेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो । विपक्षमा मत कुनै मत परेन भने तटस्थमा ५ मत परेको थियो । कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिएका थिए । कांग्रेसले भने आजको बैठक बहिष्कार गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार