मधेश सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी केन्द्र

बिहीबार, वैशाख २७, २०८१

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने तयारी गरेका छन् । समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन् । जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बिहीबार बिहानै संसदीय दल नेता भरत साहलाई सरकारबाट बाहिरिन तयार भएर बस्न निर्देशन दिएको बताइएको छ । माओवादीसँगै एमालेले पनि सरकार छोड्ने तयारी गरेको छ । मधेशमा ठूलो पार्टीको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको छ । १०७ सदस्यीय प्रदेश सभामा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् । मधेसमा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ । जसपा नेपाल नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेको अवस्थामा मात्र सरकार बनाउन सकिने अवस्था रहेको छ । त्यस्तै मधेशमा उपेन्द्र यादवबाट फुटेको नयाँ जसपामा कति जना सांसद छन् भन्ने स्पष्ट भएको छैन ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार