प्रमुख सचेतकहरुसँग सभामुखको परामर्श, प्रतिपक्षी दलप्रति सत्ता गठबन्धन सतर्क 

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको बजेट अधिवेशन संचालन र अर्थमन्त्रालयसँग सम्बन्धित भन्सारको महसुलसम्बन्धि विधेयकका विषयमा राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।  बिहीबार सिंदरबारमा भएको छलफलमा शुक्रबार नै कार्य व्यवस्थासँग सम्बन्धित बैठक समेत परेकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले बताए ।  एमाले सचेतक महेश बर्तौलाले भोलिदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने विषयमा समेत छलफल भएको बताए । 

Santosh-Pariyar-1715266599.jpg
उनले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न मागहरु राख्दै सदन अवरोध गर्दै आएको छ । यो मागलाई भोलिको बैठकमा कसरी राख्छ भन्ने विषयमा छलफल भएको छ । आम रुपमा भोलिको बैठकलाई कसरी व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यसूची नराख्ने र शीर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने कार्यसूची राख्ने निर्णय भएको छ ।’ अन्य कुनै कार्यसूची नभएका कारण भोलिको बैठकमा कांग्रेसले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।  यद्यपि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफलकै क्रममा ‘बैठक सुरु भएपछि बताउँछौं’ भन्ने खालको प्रतिक्रिया दिएको उनको उल्लेख गरे । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार