कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

बिहीबार, वैशाख २७, २०८१

विराटनगर । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विहिबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् ।  कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै आफ्नो सरकारलाई निरन्तरता दिन माग गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आव्हान गरेर आजै दाबी पेश गरेका एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार