कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, शपथको तयारी हुँदै

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका हुन् ।उनी प्रदेशको आठौं मुख्यमन्त्री हुन् । मुख्यमन्त्रीमा बिहीबार दाबी पेस गरेका कार्कीलाई समर्थन गर्ने सांसदको सनाखत पूरा भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । उनलाई विहीबार साँझसम्म शपथ गराउने कार्यतालिका छ ।  एमाले–माओवादीका ५२  सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न बुधबार आह्वान गरेका थिए ।‌  झापा गौरादह निवासी कार्की अनेरास्ववियुको केन्द्रीय नेतृत्व सम्हाल्दै एमालेको राजनीतिमा सक्रिय भएका हुन् । यता, कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्की भने सरकार आह्वान गैरसंवैधानिक तवरले भएको भन्दै रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार