जब लामाटारका ज्येष्ठ नागरिकले गरे सप्तकोशीमा मध्यरातमै स्नान.... (भिडियो)

आइतबार, वैशाख १६, २०८१

लामाटार (ललितपुर) । धर्मप्रतिको विश्वास कतिसम्म अटल हुँदो रहेछ भन्ने कुरा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागेको बाह्र वर्षे महाकुम्भ मेला भर्न गएका महालक्ष्मी नगरपालिका ९ नं. वडा लामाटारका ज्येष्ठ नागरिकले देखाएका छन् । बराहक्षेत्रमा ब्रह्ममुहुर्तमा स्नान गरे अमरताको वरदान प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सोही मान्यतालाई पच्छयाउन महालक्ष्मी नगरपालिका ९ लामाटारका ज्येष्ठ नागरिकलाई सप्तकोशी र कोका नदीको संगम स्थलमा मध्यरातमै स्नानसहितको धार्मिक कार्य पूरा गर्न समयले छेकेन । बराह क्षेत्रमा सबैभन्दा बढी स्नान गर्ने प्रचलन छ । 

435356886_337791958949944_4568653324606317228_n-1714305742.jpg
धार्मिक तीर्थाटनमा लगेको महालक्ष्मी नगरपालिका ९ नं वडाले ज्येष्ठ नागरिकका लागि शुक्रबार रातिको बासका लागि गाईघाटका तीनवटा होटल बुक गरेको थियो । आफूहरू गाईघाटबाट बराह क्षेत्र पुग्दा मेला भर्न आउने तीर्थालुको भीड हुने तथा मेला लाग्ने स्थलसम्म गाडीको सहज प्रवेश नहुनेतर्फ सकर्त गराउँदै ज्येष्ठ नागरिकले ओर्लेर लामोबाटो पैदल हिँड्न नसक्ने भन्दै मध्यरामतै बराह क्षेत्र जान इच्छुक रहेको वडाका जनप्रतिनिधिलाई जानकारी गराए । वडाअध्यक्ष जयकृष्ण बोगटीले पनि जनप्रतिनिधि तथा कर्मचारी टोलीसँग ज्येष्ठ नागरिकबाट होटलमा नबसि राति नै बराह क्षेत्र जाऔं भन्ने प्रस्ताव आयो के गरौं भन्दै छलफल गर्नुभयो । ‘छलफलमा लामोबाट गाडीको यात्रा गरेर आएका छौं अहिले नै जाँदा स्वास्थ्यमा समस्या आउँछ कि भन्ने विषय पनि उठ्यो’ वडाअध्यक्ष बोगटीले भन्नुभयो, ‘ज्येष्ठ नागरिकहरूले आपसमा सल्लाह गरी आफूहरू शुक्रबार नै बराह क्षेत्र जाने विषयमा निर्णय पुगेको बताउनु भएपछि सप्तकोशीमा स्नान गरी धार्मिक पुन्य कमाउने ज्येष्ठ नागरिकको इच्छाअनुसार होटल बुक क्यान्सिल गरी बराह क्षेत्रका लागि रातिनै प्रस्थान ग¥यौं’, वडाअध्यक्ष बोगटीले जानकारी दिनुभयो । ‘भोलिपल्टबाट शुक्रअस्त सुरु हुने तथा शनिबार धेरै तिरका तीर्थालु बराह क्षेत्र आउने आकलन गरी ज्येष्ठ नागरिकले मध्यरातमा नै बराह क्षेत्र लगिदिन अनुरोध गर्नुभयो, हामीले पनि उहाँहरूको माग अनुसारको निर्णय लियौं’, उहाँले भन्नुभयो । 

439592606_1597600461004043_8456669178478121145_n-1714305742.jpg
मध्यरातमा बराह क्षेत्र पुगेका ज्येष्ठ नागरिकले सप्तकोशीमा स्नानसहित धार्मिक अनुष्ठान गरेका थिए । महालक्ष्मी नगरपालिकाको टोली बराह क्षेत्र पुग्दा उक्त क्षेत्र सुनसान थियो । तीर्थालुको सुरक्षका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले सुरक्षाका कारण अहिले नुहाउन नजानुहोस् भन्दै आग्रह पनि गरे । ज्येष्ठ नागरिकले स्नान गर्ने तथा धार्मिक अनुष्ठान गर्ने कार्यलाई निरन्तरता दिइरहे । करिब चार घण्टा लगाएर यात्रामा सहभागी सबै ज्येष्ठ नागरिकसहितका तीर्थालुले स्नानसहितका धार्मिक अनुष्ठान पूरा गरेका थिए । महालक्ष्मी नगरपालिकाका लामाटारको टोली स्नान गरेर फर्कंदा बराह क्षेत्रमा तीर्थालु आउने क्रम ह्वात्तै बढेको थियो । सवारी साधानलाई पनि तीर्थ स्थलबाट पर नै पार्किङको व्यवस्था गरिएको थियो । त्यो देख्दा लामाटारका ज्येष्ठ नागरिकहरूले गाईघाटमा राति सुतेर बिहानै बराह क्षेत्र आउने निर्णय परिवर्तन गरेकोमा खुशी मनाउँदै गन्तव्यतर्फ लम्केका थिए । 
६० वषैदेखि ७४ वर्षसम्मका ९४ जना ज्येष्ठ नागरिकहरूलाई महालक्ष्मी नगरपालिका ९ नं वडाले बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला लागेको सुनसरीको बराह क्षेत्रसहितका धार्मिक स्थलको तीर्थाटन गराएको छ । 
धार्मिक तीर्थाटनमा सहभागी वडाका ज्येष्ठ नागरिकले वडाका जनप्रतिनिधिहरूले आफूहरूलाई ठूलो सम्मान गरेको भन्दै आर्शिवाद दिएका थिएका । परिवारका सदस्यले नगर्ने काम वडाका जनप्रतिनिधिले गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनीहरूले जनप्रतिनिधिलाई सुझाव पनि दिएका छन् ।  पूर्वी नेपालको सुनसरी जिल्लामा पर्ने सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न दर्शनार्थी आउने गरेका छन् ।  कुम्भ मेलाबाट पुण्य प्राप्ति हुने विश्वास छ । कुम्भ मेलमा स्नानको महत्त्व बढी नै हुन्छ । कुम्भमा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास छ । 

435305022_1168674267885725_1391441582958343119_n-1714305739.jpg
विश्वका चारधाममध्येको एक पवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी तथा कोकानदीको संगममा स्नान गर्नुलाई महत्वपूर्ण मानिन्छ । बराहक्षेत्रमा सबैभन्दा बढी स्नान गर्ने प्रचलन छ। 
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ९ ले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमार्फत आध्यात्मिक जागरण कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरूका लागि धार्मिक तीर्थाटन गराएको हो । अस्ति शुक्रबार र हिजो शनिबार गरी दुईदिने धार्मिक तीर्थाटनका लागि वडाले सिन्धुलीस्थित आदिलिङग कुशेश्वर महादेव मन्दिर, सिन्धुलीको कमलामाई मन्दिर, सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीको अवलोकनसहित सुनसरीको बराहा क्षेत्रमा तीर्थाटन गराएको हो ।   वडाको आर्थिक वर्ष २०८०–०८१ का लागि विनियोजित बजेटबाट ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटनमा लगिएको वडा नं. ९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरूलाई धार्मिक तीर्थाटनको लागि उहाँहरूकै माग बमोजिम बाह्र वर्षे मेला लागेको सुनसरीको बराह क्षेत्रलगायतका धार्मिकस्थलको भ्रमण गराइएको वडाध्यक्ष बोगटीले जानकारी दिनुभयो । सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२–१२ वर्षमा महाकुम्भ मेला तथा ६–६ वर्षमा लाग्ने अर्ध कुम्भ मेला लाग्ने गर्दछ । 

baraha-mandir-1714305758.jpg
महालक्ष्मी नगरपालिका वडा नं. ९ कार्यालयले ६० देखि ७४ वर्ष उमेरसम्ममा ९४ जना ज्येष्ठ नागरिकलाई दुई दिने धार्मिक तीर्थाटन गराएको हो । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै वडा कार्यालयले प्राथमिक उपचारका औषधिसहित ७ जना स्वास्थ्यकर्मीलाई तीर्थाटनमा परिचालन गरेको थियो । यस्तै अवकाश भएका २ जना स्वास्थ्यकर्मीले पनि  वडाका ४ जना स्वास्थ्य स्वय्म सेविकालाई सहयोग गरेको वडासदस्य शशीधर पोखरेलले जानकारी दिनुभयो । 
धार्मिक तीर्थाटनमा वडाअध्यक्ष, कार्यपालिका सदस्यसहितका जनप्रतिनिधि, वडासचिवको कर्मचारी टोलीले ज्येष्ठ नागरिकको यात्रामा सहजीकरण गरेका थिए । वडा कार्यालयले खाना पकाउने व्यवस्थासहितको धार्मिक तीर्थाटन गराउँदा ज्येष्ठ नागरिक दंग परेका थिए । घरकै जस्तै खानेकुरा खाना पाइयो खानामा कुनै असहज महसुस भएर तीर्थाटनमा सहभागी ज्येष्ठ नागरिकले भने । खाना पकाउनका लागि वडा कार्यालयले एक जना कुकलाई साथमै लगेको थियो । यात्रापछि ज्येष्ठ नागरिकहरूले धार्मिक तीर्थस्थलसहितका थप कार्यक्रम ल्याउन जनप्रतिनिधिलाई माग गरेका छन् । 

440284052_752844196934055_6151748974672243896_n-1714305740.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार