खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

शनिबार, असोज १०, २०८३

काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र भिजिबिलिटी कमजोर भएका कारण शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन भने अन्य स्थानमा भने उडानमा समस्या छैन् ।   नियमित भएका उडान पनि डिले भएका कारण यात्रुहरु अलपत्र परेका छन् । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो ।  उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार