भारी वर्षाका कारण आज २५ जिल्लामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक

शनिबार, असोज १०, २०८३

काठमाडौं । विहीबारदेखि नै सुरु भएको वर्षाका कारण विभिन्न जिल्लाका राजमार्गहरू अवरुद्ध भएका कारण आज शनिबार २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रुपमा बन्द गरिने भएको छ । भारी वर्षाको कारण २५ जिल्लामा सडक पूर्ण रूपमा बन्द गर्न लागिएको सडक विभागले जनाएको छ । हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके, बर्दिया लगायतका जिल्लामा पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको हो । यस्तै २७ जिल्लामा रातको समयमा सवारी आवागमन नहुने सडक विभागको सूचनामा भनिएको छ । रातमा सवारी नचल्ने जिल्लाहरूमा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ लगायतका छन् । बाँकी २५ जिल्लामा सतर्क रहनका लागि सडक विभागले भनेको छ । 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार