स्वदेश फर्किए करारका राजा 

बुधबार, वैशाख १२, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार दिउँसो स्वदेश फर्किएका छन् ।  राष्ट्रपति पौडेलले कतारका अमिर थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाई गरे । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष,उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । 
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तमिम विन हमाद अल थानी मङगलबार काठमाडौं आएका हुन् ।  काठमाडौं ओर्ले लगत्तै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीचको प्रतिनिधिमण्डलसहित द्विपक्षीय भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलबार रात्रिभोज आयोजना गरेका थिए ।  कतारका अमिरको यो पहिलो भ्रमण हो । 
कतारका अमिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटवार्ता तथा दुई देशबीचको प्रतिनिधिमण्डलसँको भेटघाटपछि  प्रधानमन्त्रीले आयोजना गरेको दिवाभोजमा सरिक भएर स्वदेश फर्केका हुन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार