आज कतारका अमिर थानी आउँदै, देशभर सार्वजनिक बिदा

मंगलबार, वैशाख ११, २०८१

काठमाडौँ । आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारका अमिर थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्दै छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई आज अपराहन्न ५:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ । अमिर थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गर्ने छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षिय भेटवार्ता हुने कार्यक्रम रहेको छ । कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्ने लगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार