सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले पनि बनायो छानबिन समिति

मंगलबार, चैत २७, २०८०

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा सोमबार भएको आगलागीको घटना छानबिन गर्न गृह मन्त्रालयले अर्को समिति बनाएको छ । यसअघि सशस्त्रले प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको थियो । गृहले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको सशस्त्रले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार