विश्वका धनि व्यक्तिको सूचीमा चौथो स्थानमा झरे मस्क

मंगलबार, चैत २७, २०८०

काठमाडौँ । विश्वका धनि व्यक्तिहरुको सूचीमा लामो समयदेखि शीर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन् । उनको कम्पनी टेस्लाको शेयर बजारमा लगातार मूल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन् । ब्लूम्बर्गको बिलिनियार्स इन्डेक्सका अनुसार अहिले विश्वको धनि व्यक्तिको सूचीमा बेर्नार्ड आर्नाल्ट रहेका छन् । उनको कुल सम्पत्ति २२३ बिलियन डलर रहेको छ । त्यस्तै दोस्रो स्थानमा जेफ बेजोस रहेका छन् । उनको कुल सम्पत्ति २०७ बिलियन डलर रहेको छ । त्यसैगरी यस सूचीमा फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग तेस्रो स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति १८७ बिलियन डलर रहेको छ । उनले २०२० पछि मस्कलाई जितेका छन् । यस सूचीमा चौथो स्थानमा झरेका मस्कको सम्पत्ति १८१ बिलियन डलर रहेको छ । मस्कको एक बर्षमा ४८.४ बिलियन डलर सम्पत्ति घटेको छ ।त्यस्तै यस सूचीमा पाँचौं स्थानमा १५३ बिलियन डलर सम्पत्तिसहित बिल गेट्स रहेका छन् । त्यस्तै भारतका मुकेश अम्बानी ११२ बिलियन डलर सम्पत्तिसहित सूचीकाे ११औं स्थानमा रहेका छन् भने भारतकै गौतम अडानी १०४ बिलियन डलर सम्पत्तिसहित १४औं स्थानमा रहेका छन् ।
   

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार