परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै

आइतबार, चैत ११, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एक साता लामो चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन् । परराष्ट्रमन्त्री भएपछि श्रेष्ठ पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ सहितको टोली चीन भ्रमण जान लागेको हो । 
उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने कार्यसूची छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार