पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश सुन तस्करी प्रकरणमा पक्राउ

शनिबार, चैत ३, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले माओवादी निकटअनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दिपेसलाई शुक्रबार धापासीबाट पक्राउ गरेको जनाएको छ ।  ६१ किलो सुन तस्करी प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्पर्क देखिएपछि सुन जाँचबुझ आयोगले पुनसँग बयान लिएको समेत लिएको थियो ।  सुन तस्करीसम्बन्धी जाँच आयोगले बिहीबार  गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको गृह मन्त्रालय स्रोतले बतायो । गत साउन ३ गते विमानस्थलबाट जाँच पास भए पछि बरामद भएको सुन करीब १०० किलो रहेको राजस्व अनुसन्धान विभागले अनुमान गरेको थियो ।  पछि  ‘ब्रेक शू प्याड’ बाट निकालेर जोख्दा सुनको तौल ६० किलो सात सय ८९ ग्राम मात्र भएको थियो । 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार