युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बिहीबार, साउन २१, २०८३

काठमाडौं । युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका—३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका—२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।   रिजवानले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका—३१ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार