प्रतिनिधि सभाको बैठक ६ दिनपछि 

बिहीबार, फागुन २४, २०८०

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन ३० गते बुधबार बस्नेगरि स्थगित भएको छ ।  आज बसेको प्रतिनिधि सभाको बैठक अब ६ दिनपछि बस्नेगरि स्थगित भएको हो ।  यसैगरि राष्ट्रिय सभाको बैठक पनि फागुन २७ गते आइतबार बस्नेगरि स्थगित भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिएपछि उक्त पद रिक्त छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार