संसदमा कांग्रेसको माग कायमै

बुधबार, चैत २८, २०८०

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको नियमित कार्बाही सुरु हुनासाथै सहकारी रकम अपचलनमा नाम मुछिएका गृहमन्त्री रबि लामिछानेको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विरोध जनाएको छ । 
बुधबार बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट आफ्ना भनाई राख्र्दै सांसद रामहरि खतिवडाले गृह मन्त्री लामिछानेको सहकारीको बचत रकम अपचलनमा नाम मुछिएको बिषय छानविन गर्न संसदीय समिति गठनको माग गरेका थिए । 
उनले भने,‘एक महिना देखि हामी निरन्तर यहि विषयमा छलफल गरिरहेको छौं । हाम्रो माग सरकारले पूरा गरेन हामी कोहीसँग पूर्वाग्रहको दृष्टिकोणले व्यवहार गर्न चाहँदैनौं । तर सहकारीको अरबौं पौसाबाट गोर्खा मिडियाका प्रवध्र्दक रवि लामिछानेले जम्मा गर्नुभएको छ । सहकारीको पैसा कुनै पनि संस्थामा आफु सदस्य नभएको संस्थामा लैजान मिल्दैन । छ वटा सहकारीको पैसा लाने मान्छेलाई दण्ड हुन्छ कि न्याय हुन्छ ? निष्पक्ष छानविन गर्ने संसदीय छानविन समिति गठन होस् । त्यो छानविन समितिले जे निर्णय गर्छ । त्यो हामी मान्छौं ।’
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार