ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता 

ललितपुरले कोरियाको सीप र प्रविधि अनुसरण गर्नुपर्ने 
बिहीबार, फागुन १७, २०८०

ललितपुर ।  ललितपुर महानगरको निमन्त्रणामा नेपाल आएका कोरियाको चेओरवन सहरका मेयर  ली ह्युन जोङ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । चेओरवन सहरको मेयरको प्रतिनिधिमण्डल ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहित शितलनिवास पुगेको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विदेशी पाहुना नेपाल आउँदा राष्ट्रप्रमुखलाई भेटाउनु कर्तव्य भएको बताए । राष्ट्रप्रमुख रामचन्द्र पौडेललाई भेट्न पाउँदा चेओरवनको मेयर खुशी भएको बताए । 
राष्ट्रपतिलाई उद्धृत गर्दै महानगर प्रमुख महर्जनले भने, ‘यो भ्रमणले दुई सहरबीचको सम्बन्ध अझै बलियो हुनेछ । ’ फोहोर व्यवस्थापन गर्न कोरियाको चेओरवन सहरको सहयोग ललितपुर महानगरको लागि महत्वपूर्ण हुने राष्ट्रपतिको भनाई थियो । महानगर प्रमुख महर्जनका अनुसार राष्ट्रपतिले कोरियाले विभिन्न क्षेत्रमा प्रयोग गरेको सीप र प्रविधि ललितपुर महानगरका लागि अनुकरणयोग्य हुने बताएका थिए । महानगर प्रमुख महर्जनले राष्ट्रपतिलाई उद्धृत गर्दै भने, ‘दुई सहरका असल अभ्यासहरु आदानप्रदान गर्नुपर्छ । ’ चेओरवन सहरको मेयर सहितको समूह तीन दिनअघि नेपाल आएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार