पृतनापति समन्वयात्मक बैठक सम्पन्न

बिहीबार, फागुन १७, २०८०

काठमाडौं । पृतनापति समन्वयात्मक बैठक २०८० सम्पन्न बिहीबार सम्पन्न भएको छ ।  यहि फागुन १६ गतेदेखि सुरु भएको बैठक बिहीबार एक समारोहकाबीच समापन गरिएको हो ।  समापन कार्यक्रममा बोल्दै  नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले असल आशय, मुलुक र संस्था प्रति निष्ठा एवं नेपाली जनताको हित चिताई प्राप्त जिम्मेवारीहरु निर्वाह गर्न सेनाका सबै तहका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।  सदाशय राखेर गरिएको कामको सिलसिलामा हुने कमिकमजोरी सुधार गर्न सकिने तर गलत मनशायले गरिने कामको जवाफदेहिता सम्बन्धित व्यक्तिमै रहने एवं आवश्यकता अनुसार परिस्थितिको सामना गर्न तयार रहनु पर्ने उनको भनाइ थियो ।  
नेपाली सेनाको अपरेशनल गतिविधि सम्बन्धी जानकारी गराउँदै शर्माले पेशागत कारवाहीहरुमा सहजता, बन्दोबस्ती गतिविधिमा सरलता, कार्य सम्पादनका सिलसिलामा कमिकमजोरी भए पहिचान गरी सुधारका उपायहरु अवलम्वन गर्न सहज होस् भनि पृतनापति समन्वयात्मक बैठकको आयोजना गरिएको उल्लेख गरे । 
जंगी अड्डामा आयोजित बैठकको समापनका अवसरमा बलाधिकृत रथी अशोकराज सिग्देलसहित नेपाली सेनाका विभागीय प्रमुखहरु, पिएसओ तथा पृतनापतिहर उपस्थित थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार