थपिएका ललितपुर महानगरका नगरप्रहरीले लिए तालिम 

नगरप्रमुख भन्छन्,‘अप्ठ्यारो पर्दा नगरप्रहरी छिमेकी पालिका पनि पठाउँछौं'
बिहीबार, फागुन ३, २०८०

ललितपुर । ललितपुर महानगरले झण्डै एक महिना अघि भर्ना लिएको ५० जना र कार्यरत ९ जना गरी ५९ जना नगरप्रहरीले आधारभूत तालिम लिएका छन् । नगरप्रहरीले सशस्त्र प्रहरी बल ललितपुरबाट तालिम लिएका थिए । तालिम समापन कार्यक्रममा तालिममा सहभागी भएकालाई नगरप्रमुख चिरीबाबु महर्जनले प्रमाण पत्र दिए ।

lalitpur-police_z-1707976671.jpg
ललितपुर महानगरले गर्ने कामलाई चुस्त बनाउन नगरप्रहरीको भूमिका महत्वपूर्ण भएको बताए ।   ललितपुर महानगरले विपद्का घटनामा छिमेकी नगरपालिकामा आवश्यक नगरप्रहरी पठाएर सहयोग बताए । उनले भने, ‘ सहयोग आदान प्रदान गर्न ललितपुर महानगर, गोदावरी नगरपालिका र महालक्ष्मीनगरपालिकाबीच सहकार्य गर्ने कुरा भएको छौं, छिट्टै समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्छौं ।’

apf_-1707976669.jpg
नगरप्रमुख चिरीबाबु महर्जनले नगरवासीको सेवाका लागि नगरप्रहरी थप गरिएको जानकारी दिए नगरप्रहरी थप गरिएपछि नगर विकासका लागि पनि सहयोग हुने उनले दाबी गरे । थप भएका नगरप्रहरीले विकास निर्माण र नगरवासीको हितका लागि थप काम गर्ने विश्वास लिएको बताए । नयाँ प्रहरी थप गरेसँगै ललितपुर महानगरपालिकामा १२३ जना नगरप्रहरी भएका छन् ।

lalitpur-police3-1707976676.jpg
lmc-police-1707976677.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार