सिमित राजीनितक दलको नेताहरुको मुठ्ठीमा देश कैद भयो : राजेन्द्र लिङ्देन

बिहीबार, माघ २५, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले, परिवर्तनको नाममा निर्माण भएको व्यवस्था जनताले गणतन्त्र नभई लुटतन्त्र भन्ने गरेको भन्दै ,सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरे ।
उनले  राप्रपाले पछाडि फर्कने कुरा नगरेको भन्दै अब नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
उनले भने,‘परिवर्तनको नाममा तपाईले जे व्यवस्था निर्माण गर्नुभयो  त्यो गणतन्त्र होईन । अहिले जनताले के भन्छन् लुटतन्त्र हो । सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भयो त्यसैले अब देशलाई यहि अवस्थामा राख्न सकिँदैन् । राप्रपाले पछाडि फर्कने कुरा गरेको होइन् । अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्छ ।’ 
उनले टेरामक्स प्रविधि भित्रयाउले नाममा भ्रष्टाचार भएको कारण रोकिएको बताए । प्रविधि ल्याउनेकाममा र ल्याउन रोकेबापत पनि खाने, गरेको भन्दै योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ भन्दै उनले प्रश्न गरे । 
‘टेरामक्स एउटा प्रविधि भित्रयाउले प्रविधिले गर्ने थुप्रै काम छन् । अहिले दुरसञ्चार सम्बन्धि सेवा प्रदायक संस्थाहरुले जुन सेवा दिन्छु भनेको छ । त्यो गुणस्तरको सेवा दिएको छ कि छैन् । हामीले सेवा प्राप्त ग¥यौ भनेर जुन रकम तिर्छौ त्यो बराबरको रकम प्राप्त गरेको छौं कि छैनौ. ।’उनले भने,‘यो सबै हेर्ने प्रविधि हो टेरामक्स तर त्यो ल्याउने क्रममा नै भ्रष्टाचार भयो भनेर भित्रयाउन रोक ल्याईयो । ल्याउनेकाममा र ल्याउन रोकेबापत पनि खाने, ओहो! योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ?, चार वर्षदेखि मुद्दा छिनोफानो नगर्ने?’सांसद र मन्त्री फरार सूचीमा राखिदिने, विकास निर्माणको काम ठप्प छन् ।’  

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार