डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट

सोमबार, माघ २२, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज डलरको भाउ स्थिर छ भने युरो र पाउण्डको मूल्य घटेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।  युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाले कमी आएको छ । राष्ट्र बैंकले सोमबारका लागि युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा तोकेको छ भने बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबार खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ रहेको थियो । 
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दरमा पनि गिरावट आएको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको थियो । 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार