सभामुख–प्रमुख सचेतक छलफल 

अब सांसदका लागि विद्युतीय हाजिरी

शुक्रबार, माघ १९, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकबिच प्रतिनिधि सभाको आगामी हिउँदे अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरु बनाउनेबारे छलफल भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा माघ २२ गतेदेखि सुरु हुने संसदको सहउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सम्बन्धमा सहमति भएको छ ।  सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारीका बारेमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए । 

‘छलफलमा अगामि सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनलाई प्रधावकारी बनाउने र बढिभन्दा बढि विधेयकहरुमाथि छलफल गर्ने बारे छलफल भएको छ ।’ छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शाहीले भने, ‘त्यस्तै संसदको क्यालेण्डरलाई अझ प्रभावकारी रुपमा निर्माण गर्नेबारेमा पनि छलफल भएको छ ।’
संसद र समितिका बैठकहरु नियमित हुने हुँदा सांसदहरुले गृह जिल्ला जान नपाएको भन्दै शाहीले यो विषय पनि क्यालेण्डरमा राख्ने विषयमा छलफल भएको बताए । 
त्यस्तै, एमालेका प्रमुख सचेतक पदम गिरीले संसदमा विद्युतीय हाजिरी सुरु गर्ने विषयमा ध्यानाकर्षण गराएको बताए । 
सुरु हुन लागेको संसदको हिउँदे अधिवेशनको पहिलो दिनबाटै विद्युतीय हाजिरी सुरु हुने उनको भनाइ थियो ।  त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक हिउँदे अधिवेश्नमा बढि भन्दा बढि कानून बनाउने विषयमा गम्भिर छलफल भएको बताए । संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते सोमबारदेखि सुरु हुँदैछ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार