नेपालमा चिनियाँ शैलीमा विकास गर्न सुझाव

सोमबार, माघ १५, २०८०

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबिचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताएकी छन् ।  उनले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्ध सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमति र समझदारी पत्रमा भएको हस्ताक्षर सम्बन्ध प्रगाढ बनाउने माध्यम बनेको बताइन् ।  उनले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले देख्न नचाएको बताइन । नेपालको तीन दिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरुसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको भएपनि अन्य देशले देख्न नचाहेको बताइन् ।
दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुक चीन नेपालबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहेको उनको भनाइ थियो ।  ‘उनीहरू आउँछन् र जान्छन् । त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो,’ उनले भनिन्, ‘त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ । कठिनाइको सामना गर्न मिलेर काम गर्नुपर्छ । सहकार्यलाई अझ व्यवहारीक बनाउनुपर्छ ।’ उनले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउने? त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुने? भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यक्ता औंल्याइन् । उनले छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउटा उदाहरण इन्डोनेसिया भएको बताउदै विभिन्न कारणले नेपालमा चिनियाँ लगानीमा भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भइरहेको बताइन् ।  गएको वर्षदेखि चीनको आर्थिक सुधार भएको भन्दै त्यसलाई नेपालले सदुपयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको उनको भनाइ थियो । विशेषगरि चिनियाँ शैलीको विकास निर्माण गर्ने र बीआरआईलाई कार्यन्वयन गर्नुपर्नेमा उनको जोड थियो ।  उनले नेपाल चीनबिचको सम्बन्ध अझ कसरी अगाडि बढाउने भनेर सल्लाह गर्न आवश्यक रहेको बताउँदै नेपालको औद्योकिरणका लागि सघाउन तत्पर रहेपनि नीतिगत सुधार गर्न नेपाललाई आग्रह गरिन् । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार