भारत र चीनका राजदूतसँग आज छुट्टाछुट्टै भेट्दै प्रधानमन्त्री शाह

सोमबार, साउन २५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार भारत र चीनका नेपालस्थित राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन् । प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे भेट्ने तय भएको छ । भारतीय राजदूतलाई भेटे लगत्तै प्रधानमन्त्रीले चिनियाँ राजदूतलाई भेट्ने छन् । यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। आज भारतीय र चिनियाँ राजदूतलाई भेटेपछि शाहले भोलि अमेरिकी दूतावासका उच्च अधिकारीलाई भेट्ने कार्यक्रमसमेत तय भएको छ। 

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार