पाकिस्तान र इरानलाई संयमता अपनाउन चीनको आग्रह 

बिहीबार, माघ ४, २०८०

काठमाडौं । पाकिस्तान र इरानबीचको द्वन्द्व जारी रहँदा चीनले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ । चीनले उनीहरूलाई तनाव बढाउने कार्यहरू रोक्न पनि भनेको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलन गरी दुवै देशले संयुक्त राष्ट्रसङ्घको सिद्धान्तको पालना गर्नुपर्ने बेइजिङको विश्वास रहेको बताए । ‘प्रत्येक देशले अन्य देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको इमानदारीपूर्वक सम्मान गर्नुपर्छ । इरान र पाकिस्तान छिमेकी र इस्लामिक राष्ट्र हुन् । त्यसैले दुवैले संयम अपनाउनुपर्छ । हामी दुवै देशलाई तनाव बढाउने कार्यहरू नगर्न आग्रह गर्दछौं ।’ मंलबार इरानले पाकिस्तानको सीमामा प्रवेश गरी आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाएको थियो । त्यसपछि पाकिस्तानले इरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएर इरानका राजदूतलाई तेहरान फिर्ता पठाएको थियो । इरानले मंगलबार बलुचिस्तानको पञ्जगुर सहरमा मिसाइल प्रहार गरेको थियो । यस हमलामा दुई बालबालिकाको मृत्यु भएको र ३ जना घाइते भएको पाकिस्तानको दाबी छ । आक्रोशित पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउँदै इरानका राजदूतलाई देश निकाला गरेको छ । यसले इरानलाई सबै उच्चस्तरीय द्विपक्षीय भ्रमण रद्द गरेर गम्भीर परिणाम भोग्ने चेतावनी दिएको छ ।  

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार