असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

बिहीबार, माघ ४, २०८०

काठमाडौँ । असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गरेका छन् ।
माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गरेका हुन् । प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेको हो । 

WhatsApp-Image-2024-01-18-at-02.58.22-1705534992.jpeg
प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् । 
प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन् । 
असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरूमध्ये नेपाल पनि एक हो । नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमा आधारित छ । प्रधानमन्त्री माघ ७ गते नेपाल फर्किने कार्यक्रम छ ।

WhatsApp-Image-2024-01-18-at-02.58.25-1705534964.jpeg

WhatsApp-Image-2024-01-18-at-02.58.24-1705534964.jpeg

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार