मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतको आदेश

बुधबार, चैत १, २०७९

सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू० निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । मंगलबार ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम)  मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो । अदालतले अर्को आदेश नआउँदासम्म चैत ५ गते हुन लागेको निर्वाचत रोक्न भनेको हो । अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ती विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार