परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै

बिहीबार, माघ १९, २०७९

काठमाडौं । परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् । उनी आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा अतिथिको रुपमा सहभागी हुन दिउँसो १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री पौड्याल माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लङ्कारालङ्का’मा सहभागी हुने कार्यक्रम छ ।
यसैगरी उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन् । परराष्ट्रमन्त्री डा पौड्याल यही माघ २५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार