योजना आयोगमा तीन सदस्य नियुक्त 

सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतले पाए सदस्यको जिम्मेवारी 
सोमबार, माघ १६, २०७९

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ यसअघि नै नियुक्त भइसकेका छन् । 
ज्ञवाली तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक हुन् भने महत कर्णाली विकासका अभियन्ता हुन्, अन्जान शाक्य पूर्वराजदूत हुन्  ।
मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ।
त्यस्तै बैठकले परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाल र बहराइनको दुई पक्षिय परराष्ट्र परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको प्रवक्ता रेखार्माले जानकारी दिइन् ।
बैठकले नेपाल र युरोपियन युनियनबीचको सयुंक्त उप–आयोगको सन २०२३ फ्रेवुअरी २ मा बस्ने बैठकको परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ।
त्यस्तै मन्त्रिपरिषद्ले अमरपुर–ढुंगेसाघु १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारीमा आयोजनाका इन्जिनियर नितेश यादवलाई तोक्ने निर्णय गरेको छ।
नेपाल युरोपियन युनियनको संयुक्त उपआयोगको बैठकमा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय भएको छ। श्रीलंकाको  स्वतन्त्रताको ७५ औं वार्षिक उत्सवमा परराष्ट्रमन्त्री जाने अनुमति मन्त्रिपरिषदले दिएको मन्त्री शर्माले बताइन्।


 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार