अमेरिकी कूटनीतिज्ञ आज काठमाडौं आउँदै

आइतबार, माघ १५, २०७९

काठमाडौं । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल भ्रमणका लागि आउँदै छिन् । उपमन्त्रीले भिक्टोरियाले आइतवारदेखि दुई दिने भ्रमण गर्न लागेकी हुन् । यो राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाको भ्रमणले माओवादी नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको हुनसक्ने आकलन गरिएको छ । काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रभावशाली नेताहरूलाई भेट्नेछिन् ।

https://ichef.bbci.co.uk/news/800/cpsprodpb/aef1/live/0c209270-9ed4-11ed-80c0-27f9421461c1.jpg.webp

झन्डै साढे तीन दशकको कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनको साथ लिएर सत्ता सम्हालेपछि काठमाडौं भ्रमणमा आउने उनी पहिलो उच्चपदस्थ विदेशी कूटनीतिज्ञ हुन् । अघिल्लो वर्ष नेपाल र संयुक्त राज्य अमेरिकाले कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाएका थिए । त्यसयता वासिङ्टन डिसीबाट कैयौँ उच्चपदस्थ अधिकारीहरू नेपालको भ्रमणमा आएका छन् । यी भ्रमणलाई विज्ञहरूले दुई शक्तिशाली छिमेकीहरू चीन र भारतबाट घेरिएको नेपालमा बढ्दै गएको अमेरिकी सामरिक स्वार्थका रूपमा व्याख्या गर्दै आएका छन् । अमेरिकाले चाहिँ साढे सात दशक भन्दा लामो द्विपक्षीय सम्बन्ध थप बलियो बनाउने उद्देश्यले ती भ्रमणहरू भएका भन्दै नेपालमा शान्ति, समृद्धि र स्थिरतासहितको लोकतान्त्रिक समाजको निर्माण भएको आफूले देख्न चाहेको बताउँदै आएको छ। अमेरिकी सरकारले पुनर्निर्माणमा सहयोग गरेको सांस्कृतिक सम्पदा स्थलको समेत उनले अवलोकन गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री नुल्याण्ड नेपालसहित चारवटा देशको भ्रमणका निस्किएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। जनवरी २८ देखि उनले नेपाल, भारत, श्रीलङ्का र कतारको भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ। नेपालमा उनले नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डाहरूमा छलफल गर्ने भनिएको छ। अधिकारीहरूले नेपालमा चुनावपछि फेरिएको राजनीतिक परिदृश्यबारे बुझ्ने र सम्बन्धहरू विस्तार गर्ने उद्देश्य सहित अमेरिकी कूटनीतिज्ञ नेपाल आउन लागेको ठानेका छन्। नुल्याण्डले सन् २०२१ को एप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । उनी राष्ट्रपति ओबामाको कार्यकालमा तत्कालीन विदेशमन्त्री जोन केरी मातहत रहेर युरोपेली तथा युरेसियन मामिला सम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा कार्यरत रहेकी थिइन् । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको समयमा उनी विदेश मन्त्रालयकी प्रवक्ता रहेकी थिइन् । त्यसअघि राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि सन् २००८ सम्म उनी उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका लागि अमेरिकी राजदूत थिइन्। त्यसअघि सन् २००३ देखि सन् २००५ सम्म उनी अमेरिकी उपराष्ट्रपति चेनीकी उप राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार