ललितपुर महानगरमा पाँच मिनेटभित्र कर तिर्ने व्यवस्था 

‘कर तिर्न अब झन्झट र हैरानी बेहोर्नु पर्दैन’
सोमबार, माघ ९, २०७९

ललितपुर । ललितपुर महानगरले महानगरवासीलाई सेवासुविधा दिँदै राजश्व संकलन बढाउन छलफल आयोजना गरेको छ ।  ललितपुर महानगरपालिका, स्थानीय राजश्व परामर्श समितिद्धारा आयोजित कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरले राजश्व संकलन प्रणालीलाई प्रभावकारी बनाएको बताए ।  उनले भने, ‘प्रविधिको प्रयोग गरेर अहिले महानगरका करदाताले कर तिर्न सक्नु हुन्छ ।’ 
करदाताले पाँच मिनेटभित्र विना झन्झट कर तिर्न सक्ने व्यवस्था मिलाएको महानगर प्रमुखले बताए । महानगरप्रमुख महर्जनले कर संकलनसँगसँगै महानगरवासीले पाउने सेवा सुविधालाई समेत व्यवस्थित गरेको दाबी गरे । 
ललितपुर महानगरका उपप्रमुख मञ्जली शाक्यले दर नभएर राजश्वको दायरा बढाएको बताइन् । राजश्व तिर्नका लागि महानगरवासीलाई प्रेरित गर्न अभियान संचालन गर्ने बताइन् । राजश्व ९कर० तिर्न रहर लाग्नुपर्ने वातावरण बनाउनु आवश्यक भएको उनको भनाई थियो । 

326720245_514523400784158_7913634092520450171_n1674487152.jpg
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरले राजश्व संकलन प्रणालीलाई चुस्त, प्रभावकारी र प्रविधिमैत्री बनाएको बताए । उनले भने, ‘अहिले पाँच मिनेटभित्र करदाताले कर तिर्न सक्नु हुन्छ, कर संकेत नम्बर भनेपछि,अन्य प्रक्रिया सिस्टमले गर्छ, पहिले कर तिर्न धेरै हैरानी बेहोर्नु पथ्र्याे, अहिले त्यस्तो छैन ।’ 
महानगरवासीलाई कर तिर्न प्रोत्साहित गर्नका लागि महानगरले अभियान संचालनको तयारी गरेको जानकारी दिए । बितेको एक वर्षभित्र महानगरलाई वर्षौदेखि राजश्व तिर्न बाँकी भएका संस्थाहरुलाई समेत महानगरले राजश्वको दायरामा ल्याएको बताए । उनले भने, ‘विद्यमान कानुनमा टेकेर महानगरले किस्ताबस्दीमा पनि कर तिर्ने व्यवस्था मिलायौं, त्यतिमात्रै होइन, समयमा कर तिर्नेलाई छुट दिएर पनि कर तिर्न प्रोत्साहित गरेका छौं ।’
राजश्व परामर्श समिति सदस्य तथा वडा नं २४ का वडा अध्यक्ष दिनेशजंग पाण्डेले  राजश्व संस्थाको मेरुदण्ड भएको बताए । ललितपुर महानगरले राजश्व संकलनसँगसँगै नागरिकलाई दिने सेवा सुविधालाई समेत प्राथमिकतामा राखेको उनले बताए । राजश्व सकलन बढाउनका लागि विगतमा पनि  विशेष कार्यक्रम ल्याएको स्मरण गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । 
राजश्व विज्ञ डा. चन्द्रमणि अधिकारीले स्थानीय सरकार नागरिकको नजिकको सरकार भएको बताउँदै कानुन र मापदण्ड बनाएर राजश्व छुट दिनुपर्ने बताए । स्थानीय सरकारले सेवासुविधालाई प्राथमिकता दिए करदाता सन्तुष्ट भएर आफैं कर तिर्न प्रोत्साहित हुने बताए । उनले स्थानीय तहको राजश्व अधिकार, राजश्व नीति, ऐन, नियम, कार्यविधि राजश्व अभिवृद्धिका लागि राजश्व योजना तर्जूमा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
त्यसैगरी अर्का विज्ञ पुरुषोत्तम नेपालले राजश्वको श्रोत पहिचान, राजश्वको दायर वृद्धिका लागि महानगरले गर्नुपर्ने कामका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
महानगरका राजश्व प्रशासन महाशाखा प्रमुख प्रेम बहादुर थापाले वित्तिय शुसासन अबलम्बन गर्नका लागि महानगर क्रियाशील रहेको बताए । महानगरले संकलन गर्ने राजश्व वृद्धि गर्नका लागि आन्तरिक राजश्व कार्यालय र मालपोत कार्यालयको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार