सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को तीन महिनामा आन्तरिक श्रोतबाट आय (राजश्व) मा उल्लेखनीय प्रगति हासिल गरेको छ । महानगरको राजश्व महाशाखाका अनुसार चालु आ.व.को यो तीन महिनाको अवधिमा आन्तरिक श्रोतबाट आयमा उल्लेखनीय प्रगति हासिल भएको हो । राजश्व महाशाखाका अनुसार चालु आ.व.को तीन महिना (साउन–भदौ–असोज) मा आन्तरिक श्रोतबाट ५४ करोड ८ लाख ३५ हजार ६ सय १२ रुपैयाँ राजश्व उठेको छ । अघिल्लो आ.व.को सोही अवधिमा ४८ करोड ३२ लाख ३१ हजार १९ रुपैयाँ राजश्व संकलन भएको थियो । अघिल्लो आ.व.को तुलनामा यो आवमा ५ करोड ७६ लाख ४ हजार ५ ९३ रुपैयाँले बढी हो ।करदातालाई नियमित रुपमा सूचित गरेकै कारण आन्तरिक श्रोतको आयमा बढोत्तरी आएको राजश्व महाशाखा प्रमुख सहजित राईले जानकारी दिए । महानगरले करदातालाई नियमित रुपमा टेलिफोन सम्पर्क, एसएमएस तथा विभिन्न सञ्चार माध्यमहरूमा सूचना प्रकाशित गर्दै राजश्व दाखिल गर्न सूचित गर्ने गरेको छ ।