सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ : सुनिता डंगोल

शुक्रबार, कात्तिक २१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरू चोरेर लगेको दाबी गरेकी छन् । शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरू पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापना गर्ने काममा काठमाडौं महानगरपालिकाले सक्दो भूमिका खेलिरहेको बताइन् । त्यस्तै उनले ४५ वर्ष अघि चोरिएको पौवाहरू पुनस्थापित गर्न सफल भएको बताइन् । उनले केही समय अघि इथुमबहालमा ४५ बर्ष अघि चोरिएको पौवाहरू पुनस्थापित गर्न सकेको बताइन् । उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिइन् । उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार