बेलायत र ललितपुरका मेयरबीच भेटवार्ता, अनुभव र सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता

सोमबार, माघ ९, २०७९

ललितपुर ।  बेलायत साउथवार्कका मेयर सुनिल चोपराले ललितपुरका मेयर चिरीबाबु महर्जनसँग शनिवार ललितपुरमा भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणमा आएका बेलायत साउथवर्कका मेयर चोपराले ललितपुरको कला, संस्कृति सम्पदाले आफू लोभिएको बताए । उनले भने, ‘यहाँ जनताको सद्भाव र सम्मान अति नै मन प¥यो, म उहाँहरुप्रति सम्मान प्रकट गर्छु ।’ चोपरा भारतीय मूलका नागरिक हुन् । यस अघि उनी तीन पटक उपमेयर भएका थिए ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा ‘स्मार्ट सिटी ’का लागि आवश्यक अवयवहरुमा केन्द्रित रहेर काम गरिरहेको बताए । उनले भने, ‘हामीले वातावरण संरक्षण , हरियाली प्रबद्र्धनका लागि काम गरिरहेको प्रष्ट पारे । ’ खुल्ला ठाउँको संरक्षण गर्नका लागि पार्क निर्माणलाई प्राथमिकता दिएको बताए ।

maya21674311546.jpg
मेयर महर्जनले कोरोना कहरबाट महानगरबासीलाई जोगाउन महानगरले गरेको काम उत्कृष्ट भएको दाबी गरे । डेंगी नियन्त्रणका लागि समेत उल्लेखनीय काम गरेको प्रष्ट पार्दै भने, ‘कोरोना र डेंगी फेरि पनि आए, त्यो नियन्त्रणका लागि हामीले पूर्वतयारी गरेका छौं । ’
महानगरप्रमुख महर्जनले बेलायतको साउथवार्कसँग भगिनी सम्बन्ध गाँस्नका लागि प्रस्ताव राखे । महर्जनले औपचारिक रुपमा गाँसिएपछि अनुभव अदानप्रदान गर्न सजिलो हुने बताए ।
ललितपुर मेयरका अन्तर्राष्ट्रिय निजी सल्लाहकार मुकुन्द विष्टले ललितपुरमा भएको विकासले नेपालको अन्तर्राष्ट्रिय तहमा बेग्लै पहिचान बनाएको बताए ।

maya31674311555.jpg
एभरेष्ट इन्स ग्रुप अफ कम्पनीज इन यूकेका अध्यक्ष पशुपति भण्डारीले बेलायतमा थुप्रै नेपालीहरुको बसोबास भएको बताउँदै बेलायत नेपालीको लागि ‘दोस्रो घर ’भएको बताए । ललितपुरको कला, संस्कृति र सम्पदा अमूल्य नीधि भएको स्पष्ट पार्दै बेलायत र ललितपुरबीच विभिन्न विषयमा अनुभव आदानप्रदान गर्नसकिने बताए ।

 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार