अष्ट्रेलियामा फैलियो सनातन संस्कृतिको ओम् शान्ति सन्देश

आइतबार, माघ ८, २०७९

सिड्नी । मातृभूमि नेपालदेखि टाढा रहेर अष्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाएका नेपालीहरुलाई देशको संस्कृति र आध्यात्मिकताको पुनर्ताजगी गराउँदै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, नेपालका निर्देशक प्रथम नेपाली ब्रह्माकुमारी राजयोगिनी परिणीता दिदी एवं महासचिव राजयोगी ब्रह्माकुमार शैलेषले नेपालीलाई आध्यात्मिक चिन्तन गराएकी छन् ।
निर्देशक र महासचिवले ३ जनवरी २०२३ देखि अष्ट्रेलियाको क्यान्बेरा, वागा वागा, सिड्नी, सेन्ट्रल कोस्ट, मेलबर्न, एडिलेड, होबार्ट र ब्रिस्बेन गरेर जनवरी २० तारिखसम्म हजारौं नेपालीहरुसँग स्नेह मिलन एवं आध्यात्मिक ज्ञान चर्चा गरे । उनीहरु  अष्ट्रेलियाका विभिन्न राज्य एवं शहरहरुमा विशेष आध्यात्मिक कार्यक्रमका साथ खास नेपाली आमा बुवा दाजु भाइ दिदी बहिनीहको ईश्वरीय पालनामा अनवरतरुपमा लागिरहेका छन् ।  

325254255_571214071133935_5164659526813944338_n1674400984.jpg
२०२३ जनवरी ३ मा राजधानी क्यानबेरामा अष्ट्रेलियाका लागि नेपाली राजदूत  कैलाश राज पोख्रेलसँग राजदूतावासमा भएको स्नेह मिलन पश्चात् ईश्वरीय उपहार समेत प्रदान गर्ने कार्यक्रम रहेको थियो ।
दक्षिण अष्टे«लियाको एडिलेडमा ओस्मोन्ड टेरेस, नरवुडमा भएको मुख्य कार्यक्रम ”द रियल वेल्थ अफ लाइफ“ पश्चात् दक्षिण अष्ट्रेलिया एडिलेडका लागि नेपालका महावाणिज्यदूत दिपक धमलाले दुवैलाई विशेष अभिनन्दन गरेका थिए ।
त्यसैगरी गैर आवासीय नेपाली महासंघ दक्षिण अष्ट्रेलियाका प्रमुख रेनुका लामाले पनि उनीहरुलाई स्वागत अभिनन्दन गरेकी थिइन् । सोही क्रममा क्यान्बेराको नेपाली कम्युनिटी, वागा वागाको नेपाली कम्युनिटी र ग्लीनवुड वेस्ट्रन सिड्नीका नेपाली र भारतीय कम्युनिटीसँग अलग अलग भेटघाट एवं ज्ञान चर्चा भएको थियो । यसै दौरान एडीलेडमा रहेका अध्यात्मप्रेमी नेपाली दाजु भाइ दिदी बहिनीसँग ज्ञान चर्चा गर्ने क्रममा नेपालीहरुको उत्साहजनक उपस्थितिले गर्दा आफूहरु नेपालमै भएको जस्तो अनुभूति व्यक्त गरेका थिए ।

323339854_553156250031423_3331079622768689013_n1674400985.jpg
 नेपालकै पहिलो नेपाली ब्रह्माकुमारी एवं पश्चिम नेपालको ब्रह्माकुमारीजका निर्देशक परिणीता दिदीले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित म र मेरो भूमिकाको सत्य सम्भावनाको खोजी विषयक कार्यक्रममा प्रवचन दिने क्रममा कसैबाट केही अपेक्षा नगरी समभावका दृष्टिकोणका साथ निःस्वार्थ रुपमा निरन्तर सेवाभाव प्रदर्शन गरी सबैलाई आफ्नो सेवा प्रदान गर्न सकिंदा यसले स्वतः स्फूर्त रुपमा देवत्वकरण गराउने बताइन् ।
सूर्य, चन्द्रमा, आगो, पानी, हावा आदिलाई आफ्नो भनाइको उदाहरणको रुपमा पेश गर्दै यी सबैले आ–आफ्नो धर्म अनुरुप सबैलाई समान रुपमा निरन्तर सेवा प्रदान गर्नुकै परिणाम यी सबैलाई हामीले देवताको रुपमा पूज्ने गरेको बताइन् । परिवार, समाज एवं हरेक क्षेत्रमा एक अर्कामा व्यापार भाव प्रदर्शन गरिनाले भौतिक सम्पन्नताको बाबजूद पनि सुखमय जीवन यापनबाट सबै बन्चित हुन परेको बताउँदै परिणीता दिदीले सुख प्राप्तिका लागि प्रेमभाव र आत्माउन्मुख अनिवार्य शर्त भएको बताइन् ।

325759334_1297631080781758_4858454918119504375_n1674400986.jpg
बुद्वभूमि र तपोभूमि नेपाल छोडेर आएको भएतापनि मेलबर्नमा आयोजित कार्यक्रमको वातावरणका कारण नेपालमा नै रहेको अनुभूति व्यक्त गरेकी परिणीता दिदीले उपस्थित सबैलाई केही समय ध्यान गराएकी थिइन् ।
वरिष्ठ राजयोग प्रशिक्षक एवं ब्रह्माकुमारीज नेपालका महासचिव राजयोगी शैलेष राज बरालले प्रवचन दिने क्रममा सुख गन्तव्य नभएर दैनिक जीवनचर्याको अभिन्न अंग बनाइनुपर्ने र विश्वका करिब ७ अर्ब मानिसमा हरेक व्यक्ति बाँकी सबैसँग बिल्कुलै फरक हुने भएका कारण प्रत्येक व्यक्ति विेशेष उद्देश्यका लागि परमात्माद्वारा पठाइएकोले त्यो उद्देश्य प्राप्ति जीवनको उद्देश्य बनाइनाले सुखमय जीवन सम्भव हुन सक्ने बताए ।
नेपालकै प्रथम ब्रह्माकुमारी परिणीता दिदी विदेशभूमिमा सनातन संस्कृतिको ध्वज फहराउन सफल ब्रह्माकुमारीजको तर्फबाट पुनः प्रथम नेपाली ब्रह्माकुुमारी बनेकी हुन् । अध्यात्म, संस्कृति र दर्शनको क्षेत्रमा राष्ट्रबाट विशेष सम्मान प्राप्त गरिसकेकी दिदी परिणीताले अष्ट्रेलियामा रहने हजारौं नेपालीहरुलाई समसामायिक विषयवस्तु जस्तै आध्यात्मिक प्रविधिद्वारा दक्ष जीवनमा बढोत्तरी, सम्बन्धको सुमधुरताद्वारा श्रेष्ठ संस्कृतिको निर्माण जस्ता प्रशिक्षणको माध्यमबाट नेपाली मनहरुको आशीर्वाद पाएकी छन् ।
ब्रह्माकुमारीज अष्ट्रेलिया टिमको विशेष आयोजनामा नेपालीहरुको आध्यात्मिक सेवार्थ आह्वान गरिनुभएका दिदी परिणीता र शैलेषले जनवरी २९ तारिखमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरी नेपाल फर्किदै छन् ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार