प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङको बधाई

'चीनको पूर्ण साथ रहने बचन' 
शुक्रबार, पुस १५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई दिएका छन् ।   प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै चीनको पूर्ण साथ रहने बताएका छन् ।
चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले शुक्रबार बालुवाटार पुगेर प्रधानमन्त्री लीको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।
लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका हुन् । दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो । 
चिनियाँ प्रधानमन्त्री लीले प्रचण्डको कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका हुन् । पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।
‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने छ भन्ने आशा छ । नेपालको स्थायीत्व, विकास र समृद्धिको लागि चीन सँधै साथमा रहने छ,’ बधाई सन्देशमा भनिएको छ, ‘तपाईंको यो कार्यकाल सफल हुनेमा चीन विश्वस्त छ । साथै, पूर्ण सहयोग हुने कुरामा पनि विश्वस्त तुल्याउन चाहन्छ।’
दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको भन्दै बधाई सन्देशमा यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । यसअघि चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन र चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार