धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपतिको आह्वान 

आइतबार, पुस ३, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन् । 

संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी हुन् ।

sarkar1671363835.jpg

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय पुस १० गते आइतबार साँझ पाँच बजेसम्म तोकेकी राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लखे छ ।
राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गरेकी हुन् । 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार