उपचुनाव

आज प्रचार प्रसारको अन्तिम दिन, मध्यरातिबाट प्रसारप्रचार गर्न नपाइने 

बुधबार, वैशाख १२, २०८१

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन । वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ ।  रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र  प्रदेश सभा बझाङमा १(१) मा ११ जना उमेदवार प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार