ढुक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह

शुक्रबार, मंसिर २, २०७९
Global Ime Bank

काठमाडौँ । गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ ।
 निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पुर्‍याउने व्यक्ति दलरसमूह र सङ्गठनमाथि कडा निगरानी राखिएको बताए । उनले भने, “विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका छौँ । सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु ।” 
मन्त्रालयको सुरक्षा तयारीबारे जानकारी दिँदै उनले भने, “केही दिन यता केही हिंसात्मक गतिविधिहरू देखिएका छन् । यस्ता खालका गतिविधिमा संलग्न व्यक्ति, समूह र सङ्गठनप्रति हामी ‘शून्य सहनशीलता’ मा छौँ । हामीले सूक्ष्म अनुगमन र कडा निगरानी गरिरहेका छौँ ।”
प्रवक्ता सिंहका अनुसार मतदान केन्द्र नजिक नौ सय तीन स्थानमा नेपाली सेनाको बम बिस्फोटक टोली खटाइएको छ । इजाजत प्राप्त र अवैध दुई हजार २५ थान हातहतियार सङ्कलन भएको छ । चालीस वटा स्थानमा हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने व्यवस्था गरिएको छ । यस्तै नेपाली सेनाको हेलिकप्टर इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ भने हवाई गस्ती समेत गरिरहेको छ । 
गृह मन्त्रालयका अनुसार देशभर अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ जनशक्ति परिचालित भएका छन् । मतदानस्थलको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

स्वच्छ र शान्तिपूर्ण निर्वाचन हुनेमा विज्ञ ढुक्क

निर्वाचन पर्यवेक्षण संस्थाले आगामी आइतबार हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी र व्यवस्थापनले स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित निर्वाचनको सुनिश्चितता गरेको जनाएको छ ।
आम निर्वाचन पर्यवेक्षण समिति ९जियोक० नेपालले गरेको  मतदानपूर्वको अध्ययन, अवलोकन र निरीक्षणबाट तयार गरिएको प्रतिवेदनमा निर्वाचनको तयारी र वातावरण विगतको भन्दा निकै सुदृढ रहेकाले स्वच्छ तथा शान्तिपूर्ण निर्वाचन हुनेमा ढुक्क हुने अवस्था रहेको उल्लेख छ ।

RS_KTM_008A9295111820221668778225.JPG
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र उम्मेदवारले अनुशासनको दायराभित्र रही आचारसंहिताको पालना गरेकाले उपयुक्त वातावरण बनेको बर्ताए ।
उनले भने, “आचारसंहिता उल्लङ्घनका घटना भएमा स्थान विशेषमै कारवाही गर्न आयोग तयार छ, मतदातालाई पायक पर्ने स्थानमा निर्वाचन केन्द्रको व्यवस्था छ, निर्वाचनको स्वच्छताको नदीमा दुष्प्रचारको खहरे मिसाउने काम कसैबाट पनि हुनुहुन्न ।”  
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आन्दोलन तथा विचलितको अवस्था नरहेकाले यस पटकको निर्वाचन शान्त र नियमित स्थितिमा हुने सुनिश्चित गरेको बताए । 

RS_KTM_008A9273111820221668778292.JPG
उनले भने, “निर्वाचनको प्रचारप्रसार पनि धेरै खर्चिलो र भड्किलो भएको सुनिएको छैन, शान्त र स्वतन्त्र वातावरणमा निर्वाचन हुनेमा म विश्वस्त छु ।”
अर्का पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले निर्वाचन प्रचार प्रसारको शैलीमा भएको अनुशासित प्रगतिले लोकतन्त्र सुदृढीकरणको दिशातर्फ उन्मुख भएको सङ्केत गरेको प्रतिक्रिया दिइन् । 

RS_KTM_008A9266111820221668778383.JPG
पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचनको आजसम्मको तयारी र व्यवस्थापनले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न हुनेमा सुनिश्चितता प्रदान गरेको बताए । 

RS_KTM_008A9262111820221668778254.JPG
उनले भने, “कर्मचारी ठाउँमा पुगिसकेका छन्, सुरक्षाकर्मी तयारी अवस्थामा छन्, कहीँकतै समस्या छैन, राजनीतिक दल, उम्मेदवार र मतदाता उत्साहका साथ मतदानको समय पर्खेर बसेको अवस्था छ, अहिलेको वातावरणले मतगणनासम्म निरन्तरता पाओस् भन्नेमा हामी छौँ ।”
नेपाल कानून समाजका अध्यक्ष तीर्थमान शाक्य र कार्यकारी निर्देशक कृष्णमान प्रधानले दल दर्ता, उम्मेदवार मनोनयन, चुनाव प्रचारप्रसार र स्थिरअवधिबारे संस्थाले मुलुकका ३६ जिल्लाका २६१ पालिकामा ३३१ जना प्रतिनिधिमार्फत पर्यवेक्षण कार्यक्रम सञ्चालन गर्दैआएको जानकारी दिए । जियोकले निर्वाचनमा विशिष्ट पर्यवेक्षक १०, राष्ट्रिय पर्यवेक्षक २४, जिल्ला पर्यवेक्षक ३६ र  स्थानीय पर्यवेक्षक २६१ खटाउने जनाएको छ ।
प्रतिवेदनमा विगतका अनुभवबाट मतदाता नामावली, उम्मेदवारी दर्ता, आचारसंहिताको कार्यान्वयन, सुरक्षा प्रबन्ध, मतपत्र, मतदान केन्द्र, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनलगायतका विषयमा आशातीत सुधार हुँदै गएको उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार