अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

सोमबार, असोज २४, २०७९

अतरिया । वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४  मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । 

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार