सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । पानीमा रुझ्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केन्द्रीय सदस्य गुरुङले उम्मेदवारी दर्ता गराएका हुन । कांग्रेसको तर्फबाट प्रदेशसभा (क) मा मुनिन्द्रजङ्ग गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको समर्थनमा प्रदेशसभा (ख) मा राजीव गुरुङ (दीपक मनाङे)ले उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए । तर, उम्मेदवार दीपक मनाङेले भने आफूले गठबन्धन छाडिसकेको आफूलाई नेकपा एमालेको समर्थन रहेको बताएका छन् । प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार कर्माध्वर्जे लामा गुरुङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)बाट पाल्तेन छोपाङ गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । एमालेले प्रदेश (क)मा राजन गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुख्या गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।