सोसल मिडिया
Contact Us
युनिकोड
पाटन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुर प्रतितनिधिसभा निर्वाचन क्षेत्र नं १, प्रदेशसभा १ (क) र (ख)का लागि ४८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि १९ जनाको उम्मेदवारी परेको छ भने ललितपुर प्रदेशसभा (क)का लागि १३ (ख) का लागि १६ जनाको उम्मेदवारी परेको छ । ललितपुर प्रतितनिधिसभा निर्वाचन क्षेत्र नं १ का लागि पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले)बाट निवर्तमान सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालले क्षेत्र नं १ का लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राप्रपाका तर्फबाट सन्दीप आचार्य, नेमकिपाबाट कविन्द्र डङ्गोल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा सचिन घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बालकृष्ण घिमिरे, नेपाल पिपुल्स पार्टीबाट सुभद्रा महर्जन, जनता समाजवादी पार्टीबाट गोपालराज राई, लोकतान्त्रिक समाजवादी पार्टीबाट मनिषबहादुर श्रेष्ठ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट सूर्य तामाङ बलले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रतर्फबाट फूलमाया लो, नवराज घिमिरे, राजकुमार तिमल्सिना, गोकुल तिमल्सिना, विशाल तामाङ, भूपेन्द्र सिलवाल, शैलेन्द्र विष्ट, सुमन भोम्जन र गोविन्द घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर प्रदेशसभा १(क) का लागि पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का हरि दहाल ‘ललित’ले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा (एमाले)को तर्फबाट मधुसुदन पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट सुरेश मार्पा, राप्रपाबाट हुमा पाण्डे, नेमकिपाबाट बुद्ध लामा, राप्रपा नेपालबाट दिपेशकुमार खत्री र आमुल मसिंहा पार्टीबाट विष्णु लामाले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर १(क)बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्रतर्फ कुमार तिमल्सिना, नारायण खड्का, ठक्कर घिमिरे, रामहरि घिमिरे, श्यामकुमार घिमिरे र राजु आलेमगरले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी ललितपुर प्रदेशसभा १ (ख)का लागि पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महासमिति सदस्य मीनकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एमालेका तर्फबाट निवर्तमान प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट तिलकबहादुर जिम्मा, राप्रपाबाट विश्वराज न्यौपाने, नेमकिपाका तर्फबाट मन्दीप महर्जन र हाम्रो नेपाल पार्टीबाट अशोककुमार केसीले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर १ (ख)बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्रतर्फ सरोजकुमार सञ्जेल, बद्रीबहादुर बस्नेत, पिताम्बर सञ्जेल, सरोजकुमार विष्ट, चित्रबहादुर तामाङ, नवराज कुँवर, श्रीलाल भोम्जन, तिलकबहादुर भोम्जन, देवेन्द्र श्रेष्ठ र राजेन्द्र महर्जनले उम्मेदवारी दर्ता गराएका छन ।
ललितपुर–२ मा ४४ जनाको उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का लागि २३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिइन् । प्रतिनिधिसभाका लागि विभिन्न दलबाट १४ र नौ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको समयभित्रै उम्मेदवारी दर्ता गराएको उनले बताइन् । प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने मध्ये एक महिला छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का लागि पाँचदलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका तर्फबाट प्रेम महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा ललितपुर २ (क) निर्वाचन क्षेत्रका लागि १० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा विभिन्न दलबाट आठ र दुई स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । प्रदेशसभा सदस्यका लागि दावेदारमध्ये दुई महिला उम्मेदवार छन् । प्रदेशसभा ललितपुर २ (क) लागि पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी रिशा श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छन् भने (एमाले)को तर्फबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा ललितपुर २ (ख)का लागि ११ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा विभिन्न दलबाट आठ र तीन स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभा सदस्यका लागि दावेदारमध्ये दुई महिला उम्मेदवार छन् । प्रदेशसभा ललितपुर २ (ख) लागि पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण चित्रकारले उम्मेदवारी दर्ता गराएका छन भने एमालेका तर्फबाट ज्ञानेन्द्र शाक्यले उम्मेदवारी दर्ता गराए । चित्रकार विसं २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने शाक्य निवर्तमान प्रदेशसभा सदस्य हुन् ।
ललितपुर–३ मा ४३ जनाको उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का लागि २२ जनाको उम्मेदवारी परेको छ । पाँचदलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पम्फा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् । भने एमालेका तर्फबाट अमृत खड्काले उम्मेदवारी दर्ता गराए । प्रदेशसभा ललितपुर ३ (क) निर्वाचन क्षेत्रका लागि १२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा ललितपुर ३ (क) लागि पाँचदलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका तर्फबाट रघुनाथ महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा ललितपुर ३ (ख)का लागि नौ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा ललितपुर २(ख) लागि पाँचदलीय गठबन्धनबाट कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका तर्फबाट प्रेमभक्त महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जितेन्द्रकुमार श्रेष्ठ कांग्रेस ललितपुरका सभापतिसमेत हुन् ।–रासस