कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता

आइतबार, असोज २३, २०७९
Global Ime Bank

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 
काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै मेचीनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सिधै आएर उनले अपराह्न ३ः३० बजे उम्मेदवारी दर्ता गराएका हुन् । 
उनको प्रस्तावकका रूपमा नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे र समर्थकमा क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकी रहेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शर्मालाई ¥यालीसहित उम्मेदवारी दर्ताका लागि ल्याइएको थियो ।
यसैगरी नकेपा एमाले झापा जिल्ला इन्चार्ज अग्नि खरेलले प्रतिनिधिसभा सदस्यमै उम्मेदवारी मनोनयन गराएका छन् ।  उनको प्रस्तावकमा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाईं र समर्थकका रूपमा पूर्वप्रदेश सदस्य श्रीप्रसाद मैनाली रहेका छन् । 
क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । 
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उनले नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिनामार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश चन्द्रमणि ज्ञवालीका अनुसार उनको प्रस्तावकमा मोहन महर्जन र समर्थकमा गणेश पोखरेल रहेका छन् । पार्टीको केन्द्रमा चलिरहेको बैठकका कारण उनी आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउन नसकेपछि अधिवक्ता तिम्सिनामार्फत उम्मेदवारी दर्ता गराइएको समर्थक पोखरेलको भनाइ थियो । 
सिटौलाले आजै जीपी स्मृति भवनको प्राङ्गणमा भइरहेको गठबन्धनको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा त्यस क्षेत्रका विभिन्न स्थानबाट सन्थाल नृत्यसहितको झाँकी ल्याइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार