प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाद्धारा डडेल्धुराबाट उम्मेदवारी दर्ता  

आइतबार, असोज २३, २०७९
Global Ime Bank

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर पत्नी डा. आरजु राणा देउवाले प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी हुन् । वारिसनामामार्फत डा.आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कार्यालय डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए  । 

 

 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार