सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता घनश्याम भुसालले रुपन्देही–१ मा उम्मेदवारी दिँदै

आइतबार, असोज २३, २०७९
Global Ime Bank

रुपन्देही । एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनेभएका छन् । 
शनिबार एमाले छाडेका वामपन्थी नेता भुसालले आज रुपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिन लागेको बताए ।
उनले आफूलाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको उल्लेख गरे । 
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीबाट उठ्न आग्रह गरेको बताउँदै उनले अहिले कुनै पार्टीमा नजाने स्पष्ट पारे । नेता भुसालले सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारका रुपमा आज उम्मेदवारी दर्ता गर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार