सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । चितवन क्षेत्र नं १ र ३ मा दुई जना डाक्टरले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्दै छन् । आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्दै छन् भने डा. भोजराज अधिकारीले भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर क्षेत्र नं ३ मा उम्मेदवारी दर्ता गर्दै छन् ।
पौडेल नेपाली कांग्रेसका तर्फबाट र अधिकारी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बन्न लागेका हुन् । पौडेलले दसैँअघि नै असोज २० गतेदेखि लागू हुनेगरी राजिनामा दिइसकेको जानकारी दिए । अधिकारीले आजै राजिनामा दिएका हुन् । पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन् भने अधिकारी फिजिसियन हुन् । उनीहरुले आज खैरहनी र रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्दै छन् ।