सोसल मिडिया
Contact Us
युनिकोड
सप्तरी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएअनुसार मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाता रहेको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका १८ वर्ष उमेर पुगेका उनीहरुले आठ जिल्लाको ३२ प्रतिनिधिसभा सदस्य र ६४ प्रदेशसभाका लागि मङ्सिर ४ गते मतदान गर्न पाउनेछन् । जस्मा १३ लाख ३२ हजार ६ सय ४० महिला, १५ लाख ७७ हजार तीन सय १७ पुरुष र ६६ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावली सङ्कलन भएअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी बारामा एक लाख ९१ हजार चार सय ९० महिला, दुई लाख ३१ हजार आठ सय २६ पुरुष र ११ अन्य गरी चार लाख २३ हजार तीन सय २७ मतदाता छन् । सबैभन्दा कम महोत्तरीमा एक लाख ५४ हजार सात सय ८७ महिला, एक लाख ८१ हजार तीन सय सात पुरुष र एक अन्य गरी तीन लाख ३६ हजार ९५ मतदाता छन् । यसैगरी सप्तरीमा दुई लाख एक हजार ७१ महिला, दुई लाख १७ हजार दुई सय ८२ पुरुष र २१ अन्य गरी चार लाख १८ हजार तीन सय ७४, सर्लाहीमा एक लाख ८७ हजार आठ सय ३७ महिला, दुई लाख २५ हजार तीन सय २९ पुरुष र आठ अन्य गरी चार लाख १३ हजार एक सय ७४ मतदाता छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाम रहेको धनुषा जिल्लामा एक लाख ९३ हजार एक सय चार महिला, दुई लाख १६ हजार आठ सय ७५ पुरुष र ६ अन्य गरी चार लाख नौ हजार नौ सय ८५, रौतहटमा एक लाख ८५ हजार ४६ महिला, दुई लाख २२ हजार नौ सय ४५ पुरुष र एक अन्य गरी चार लाख सात हजार नौ सय ९२ मतदाता छन् । सिरहामा एक लाख ६९ हजार सात सय ७२ महिला, एक लाख ९४ हजार तीन सय ४३ पुरुष र दुई अन्य गरी कूल तीन लाख ६४ हजार एक सय १७ तथा पर्सामा एक लाख ५१ हजार आठ महिला, एक लाख ९४ हजार नौ सय चार पुरुष र १६ अन्य गरी तीन लाख ४५ हजार नौ सय २८ मतदाता छन् । आयोगका अनुसार देशभरि ८८ लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय ६ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी गराएको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय जनशक्ति
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयले सबै मतदानस्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार तनहुँ क्षेत्र नं १ तर्फ एक हजार आठ सय २४ र क्षेत्र नं २ तर्फ एक हजार आठ सय ३६ कर्मचारी परिचालन गरिनेछ । क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार एक सय ४४ र प्रदेश २ तर्फ ५६ हजार तीन सय ४६ मतदाता छन् । प्रदेश १ तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र छन् । प्रदेश १ अन्तर्गतका ८२ मतदान केन्द्रमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, चार सय दश सहायक, ८२ सहयोगी नियुक्त गरिनेछ । त्यस्तै अन्य छ सय ५६ र तीन सय २८ स्वयंसेवक नियुक्त गरिने निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश २ अन्तर्गतका ७० मतदान केन्द्रमा ७० मतदान अधिकृत, ७० सहायक मतदान अधिकृत, तीन सय ५० सहायक, ७० सहयोगी, पाँच सय ६० अन्य र दुई सय ८० स्वयंसेवक नियुक्त गरिनेछ । तनहुँ क्षेत्र नं २ अन्तर्गत एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार नौ सय ७३ मतदाता छन् । प्रदेश १ तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् । प्रदेश १ अन्तर्गतका ८० मतदान केन्द्रमा ८० मतदान अधिकृत, ८० सहायक मतदान अधिकृत, तीन सय २० सहायक, ८० सहयोगी, अन्य छ सय ४० र स्वयंसेवक तीन सय २० जना परिचालन गरिने कार्यालयले जनाएको छ । प्रदेश २ अन्तर्गतका ७३ मतदान केन्द्रमा ७३ मतदान अधिकृत, ७३ सहायक मतदान अधिकृत, दुई सय ९२ सहायक, ७३ सहयोगी, अन्य पाँच सय ८४ र दुई सय ९२ स्वयंसेवक परिचालन गरिनेछ । जिल्लाका मतदान केन्द्रमा प्रतिकेन्द्र पाँचवटाका दरले एक हजार पाँच सय २५ मतपेटिका व्यवस्थापन गरिने निर्वाचन अधिकारी ढकालले बताउनुभयो । त्यस्तै प्रतिकेन्द्र एउटाका दरले तीन सय पाँच मतदान सामग्री व्यवस्थापन गरिनेछ । निर्वाचन सम्पन्न गराउनका लागि दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत र दुलेगौडास्थित शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।