सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार हुनेछिन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशमै दोहोरिएका छन् । त्यस्तै सङ्घीय मन्त्रीद्वय प्रदीप यादव पर्सा १ र मोहम्मद इस्तियाक राई बाँके २ बाट उम्मेदवार बन्नेछन् । पूर्वमन्त्री राजकिशोर यादव सिरहा २ का लागि उम्मेदवार बन्नेछन् ।
यी हुन उम्मेदवार सुनसरी १ – अशोक राई सप्तरी ३ (ख) – विदेश्वर यादव सिरहा १ (ख) – राजकुमार गुप्ता सिरहा २ – राजकिशोर यादव सिरहा २ (ख) – विजय यादव सिरहा ३ (ख) – रेणु यादव सिरहा ४ – डा वीरेन्द्र महतो सिरहा ४ (ख) – सुरेश मण्डल धनुषा १ – दीपक कार्की धनुषा १ (क) – सुकेश्वर यादव धनुषा २ (क) – शैलेन्द्र यादव धनुषा २ (ख) – रामअशिष यादव घनुषा ३ (क) – जीतेन्द्र यादव घनुषा ४ (क) – ज्ञानेन्द्र यादव महोत्तरी १ (ख) – राम श्रेष्ठ महतो महोत्तरी २ (क) – धर्मेन्द्र साह महोत्तरी ३ – हरिनारायण यादव महोत्तरी ३ (क) – दीपेन्द्र झा महोत्तरी ४ – डा सुरेन्द्र यादव महोत्तरी ४ (ख) – सरोजकुमार सिंह सर्लाही १ – प्रमोद साह सर्लाही १ (क) – सर्लाही २ (ख) – अशोक यादव सर्लाही ३ (ख) – सञ्जय यादव सर्लाही ४ – राकेश मिश्रा सर्लाही ४ (ख) – उदयकान्त मिश्र रौतहट १ (ख) – योगेन्द्र यादव रौतहट २ (ख)––– सर्लाही ३ क) – रामाश्रय चौघरी सर्लाही ४ (ख) – शेष अबुल कलाम बारा १ (ख) – सरोजकुमार यादव बारा २ – रामसहाय प्रसाद यादव बारा २ (ख) – बच्चा राउत अहिर बारा ३ – रामबाबुकुमार यादव बारा ३ (क) – भरत खड्गा बारा ३ (ख)– पारसप्रसाद साह बारा ४ (ख) – आत्माराम साह पर्सा १ – प्रदीप यादव पर्सा १ (ख)– लालबाबु राउत पर्सा २ – सुरेन्द्र कुर्मी पर्सा २ (क) – रामनरेश यादव पर्सा ३ (ख) – डा मघु गुप्ता पर्सा ४ (ख) – सिंहासन साह कलवार बांके २– मो इस्तियाक राई । उम्मेदवार मनोनयन, आचारसंहितामा छलफल गण्डकी । प्रदेश निर्वाचन कार्यालय, पोखराको आयोजनामा कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार मनोनयन प्रक्रिया, निर्वाचन आचारसंहितालगायतका विषयमा सर्वपक्षीय छलफल भएको छ । छलफलमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । छलफलमा मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने विषयमा निर्वाचन आयोग दृढताका साथ लाग्ने बताउँदै यसका लागि सबैले आआफ्नोतर्फबाट इमान्दार सहयोग गर्नुपर्नेमा जोड दिए । प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवारका लागि चाहिने योग्यताबारे उल्लेख गर्दै उम्मेदवारी दर्ताका विधि र प्रक्रिया सम्बन्धमा जानकारी गराए । निर्वाचनका लागि आयोगले खर्चको सीमा निर्धारण गरेको जानकारी दिँदै पराजुलीले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १, २ र ३ का उम्मेदवारका लागि क्रमशः २९ लाख, २७ लाख र ३१ लाख रुपैयाँ खर्च सीमा तोकिएको बताए । उनका अनुसार प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नं १(क) र (ख) का उम्मेदवारका लागि क्रमशः १७ र १५ लाख रुपैयाँ खर्च सिमा तोकिएको छ भने क्षेत्र नं २ (क) र (ख) का उम्मेदवारका लागि १५÷१५ लाख रुपैयाँ तोकिएको छ । क्षेत्र नं ३(क) र (ख)का लागि १९÷१९ लाख रुपैयाँ तोकिएको छ । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सुरक्षालगायतको उचित प्रबन्ध गराइने बताउँदै सबै राजनीतिक दलको साथ सहयोग मिल्ले विश्वास व्यक्त गरे । उक्त अवसरमा राजनीतिक दल, सञ्चारकर्मी लगायतले आचारसंहिता, त्यसकोे कार्यान्वयनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।