सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । सापकोटाले सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन गरेर मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा भने, ‘मंसिर ४ को चुनाव म लड्दिन युवाहरुलाई अघि बढाउन मैले सहयोग गर्छु ।’ उनलाई माओवादी केन्द्रले सिन्धुपाल्चोक १ बाट सिफारिस गरेको थियो । उनले आगामी दिनमा सक्रिय राजनीतिमा भने रहने तर यो पटकको चुनाव नलड्ने बताए ।